काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुख प्रवीण पन्दाकलाई पदबाट हटाएको छ। शुक्रबार बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सीडीएससीको जिम्मेवारीबाट हटाएर नेप्सेमा फिर्ता बोलाउने निर्णय गरेको हो।
पन्दाकलाई २०८१ पुस १४ गते बसेको सीडीएससी सञ्चालक समितिको बैठकले पन्दाकलाई ४ वर्षका लागि सीडीएससीको कार्यकारी प्रमुखका रुपमा नियुक्त गरेको थियो। त्यसेवेलै उनको नियुक्ति संस्थागत सुशासनको सिद्धान्त विपरीत रहेको भन्दै आलोचना भएको थियो।
नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण बहादुर कार्कीले आफ्नो कार्यकाल सकिनै लाग्दा पन्दाकलाई सीडीएससीको नेतृत्व सुम्पेका थिए। अस्थायी वा निमित्त जिम्मेवारी दिनुपर्नेमा कार्यकाल सकिनै लाग्दा दीर्घकालिन समयका लागि कार्यकाल तोकेर गरिएको उक्त नियुक्ति नियमसम्मत नदेखिएको भन्दै नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई फिर्ता बोलाएको हो।


