काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.७३ अंकले बढेर २ हजार ७९६.४३ विन्दुमा बन्द भएको हो ।
आज १ करोड ९ लाख २८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १० कम्पनीको सेयरमूल्य स्थिर छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र सिटी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ । कम्पनीको मात्र ३० करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


