काठमाडौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ सार्वजनिक गरेका छन्।
स्थितीपत्रमा पुँजीबजारमा पारदर्शिता र स्थिरता आवश्यक रहेको उल्लेख गरिएको छ। पुँजी बजारलाई थप समावेशी र सुदृढ बनाउन उत्पादनमूलक क्षेत्रका कम्पनीहरूलाई बजारमा प्रवेश गराउन प्रोत्साहन गर्नुपर्ने, गैरआवासीय नेपाली (एनआरएन) लगानी भित्र्याउनुपर्ने तथा सरकारी ऋणपत्रसहितको ऋणपत्र बजार विकास गर्न तत्काल कानूनी सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।
स्थितीपत्रमा भनिएको छ,“पुँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन तथा सरकारी ऋणपत्रलगायतका ऋणपत्र बजारको विकास गर्न तत्काल कानुनी सुधार आवश्यक छ। साथै, दोस्रो बजार कारोबारमा पारदर्शिता, विश्वसनीयता र स्थिरता ल्याउनु पनि उत्तिकै आवश्यक छ।”


