काठमाडौँ: नेपाली बजारमा आज (मंगलबार)सुनचाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य तोलाको ३ हजारले घटेर तोलाको २ लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। आज चाँदी तोलाको १०० रुपैयाँले घटेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५०४५ मा कारोबार भएको थियो।







