२०८३ कार्तिक १३ गते बिहिबार

ताप्लेजुङ अपडेटः एक जनाको शव भेटियो, खोजी तथा उद्धार कार्य जारी

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार ३
Taplejung dobhan bajar badhi
गएराति मैवाखोलामा आएको बाढीले कटान गरेपछि जोखिममा रहेको ताप्लेजुङको दोभान बजार । तस्बिरःसन्तोष पुर्कुटी/रासस

ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ ।

पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता तीन जनाको खोजीकार्य भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले मेहेलेमा भालुखोपका एकै परिवारका तीन जना बेपता भएका जानकारी दिए । उनका अनुसार बेपत्ता हुनेमा यादव बुढा क्षेत्रीको ६३ वर्षीया श्रीमती भगीमाया बुढा क्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति नौ वर्षीय प्रज्वल बुढा क्षेत्री रहेका छन् । उनीहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार पहिराले मेहेलेका यादव बुढाक्षेत्री र रामबहादुर तामाङको घर बगाएको छ । ‘यादव सिरिजङ्गा गाउँपालिका–५ पेदाङस्थित दिदीको घरमा जानु भएको थियो । पहिराले घरमा रहेका उहाँका श्रीमती, बुहारी र नातिलाई बगाएको हो,’ उनले भने, बुबाआमालाई सुरक्षित स्थानमा सार्दै गर्दा गणेशलाई पहिरोले बगाएको थियो ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले सिदिङ्वा गाउँपालिका–३ आङखोप इलाबोटेस्थितमा महेश्वर सेलिङ, प्रेम सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङका गरी चार वटा घर बगाएर पूर्णरुपमा क्षति पुर्‍याएको छ । मेहेलेस्थित सदाकुटी डाँडाबाट झरेको पहिराले करिब २० घरपरिवार जोखिममा परेका छन् ।

प्रकाशित: २०८० असार ३ गते आईतबार ०१:५७
प्रतिक्रिया

थप समाचार

अपराजित थाइल्यान्डलाई हराउँदै पहिलो जितको खोजीमा नेपाल

काठमाडौँ - त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज मंगलबार नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो...

तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतसँग इंग्ल्याण्ड फेरि पराजित

काठमाडौँ - तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतले इंग्ल्याइण्डविरुद्ध पाँच खेलको टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेलमा पनि जित निकालेको छ। हिजो राति भएको खेलमा भारतले इंग्ल्याण्डलाई २ विकेटले...

भिड्दै भारत र इंग्ल्याण्डबीच दोस्रो खेलः रिंकु आउट, दुवे र रमनदीप समावेश

एजेन्सी - भारत र इंग्ल्याण्डबीचको ५ वटा टी–२० म्याचको सिरिजको दोस्रो खेल आज चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुँदैछ। यो खेल भारतीय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। टस साँझ ६ः३० बजे हुनेछ। सिरिजको...

पाँच वटा पिचसहित क्रिकेट मैदान निर्माण हुँदै

मनहरी (हेटौँडा) - यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार...

१७ वर्षीय आयुषले ११७ बलमा १८१ रन बनाउँदै बनाए विश्व कीर्तिमान

एजेन्सी - मुम्बईका १७ वर्षीय क्रिकेटर आयुष म्हात्रेले मंगलबार नागाल्याण्डविरुद्धको विजय हजारे ट्रफीको खेलमा ११७ बलमा १८१ रनको उत्कृष्ट इनिङ खेल्दै विश्व रेकर्ड बनाएका छन्। उनले लिस्ट ए क्रिकेटमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना