काठमाडौँः साताको तेस्रो कारोबार दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २५.८१ अंकले घटेर २ हजार ७४४.४५ विन्दुमा बन्द भएको हो ।
आज १ करोड २१ लाख ३४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
त्यसैगरी, आज ३० कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ४ कम्पनीको सेयरमूल्य स्थिर छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १३.८१ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ । कम्पनीको २४ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


