काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले बैंकको ऋण तिर्न हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
विद्युत नियमन आयोगले कम्पनीलाई बैंकको ऋण तिर्न प्रयोजननका लागि ६० करोड ८२ लाख ५४ हजार रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्नका लागि पूर्वस्वीकृति दिएको छ।
कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ छ। कम्पनीले १२ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।


