काठमाडौँः नेपाल स्टक एक्सचेन्जले बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सहभागी हुन चाहने संस्थागत लगानीकर्तालाई अनिवार्य रूपमा दर्ता हुन आग्रह गरेको छ।
बिहीबार जारी सूचनाअनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त योग्य संस्थागत लगानीकर्ताले नेप्सेमा दर्ता गरी मात्र यस प्रक्रियामा भाग लिन पाउनेछन्। यसअघि दर्ता भइसकेका लगानीकर्ताले भने वार्षिक नवीकरण गर्नुपर्नेछ।
नेप्सेले दर्ताका लागि १० हजार रुपैयाँ र नवीकरणका लागि ५ हजार रुपैयाँ शुल्क तोकेको छ।
यो व्यवस्था लागू भएसँगै बुक बिल्डिङ प्रक्रिया थप व्यवस्थित, पारदर्शी र विश्वसनीय हुने अपेक्षा गरिएको छ।


