काठमाडौँः नेपालको सेयर बजार लगातार तेस्रो दिन पनि घटेको छ । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५.७३ अंकले घटेर २ हजार ७३८.७२ विन्दुमा बन्द भएको हो ।
आज १ करोड ९ लाख ७७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १० कम्पनीको सेयरमूल्य स्थिर छ ।
आज श्रीनगर एग्रिटेकको सेयरमूल्य १२.५७ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ । कम्पनीको २६ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


