एजेन्सी। अहिले विश्वबजारले कच्चा तेलको मूल्यवृद्धिको सामना गरिरहेको छ। मूल्यवृद्धिको असर बजारदेखि सर्वसाधारणको भान्सामा देखिन थालेको छ। सन् २०२२ मा रुस र युक्रेन युद्ध सुरु भएयता कच्चा तेलको भाउ बढेर उच्चतम् बिन्दुमा पुगेको छ।
यद्यपी, सन् २०२२ को रेकर्डलाई तोडेको छैन्। सन् २०२२ मा रुस र युक्रेनबीच युद्ध सुरु भएपछि कच्चा तेलको भाउ बढेर ब्यारेलको १४० डलरसम्म पुगेको थियो। त्यसपछि घटेर ब्यारेलको ५५ डलर आसपासमा कच्चा तेलको मूल्य थियो।
अमेरिका र इरानबीच युद्ध सुरु भएपछि तेलको भाउ उकालो लागेको हो। गत साता बिहीबार कच्चा तेलको भाउ बढेर ब्रेन्ट क्रुडमा १२६ डलर माथि पुग्यो। यो अमेरिका–इरान युद्ध सुरु भएयता उच्च मूल्य हो।
यता अमेरिकी सेनाले इरानविरुद्धको कारबाहीका नयाँ विकल्प प्रस्तुत गरेको समाचार आएपछि विश्वभरि चिन्ता बढेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमान्डले तेहरानसँगको वार्तामा उत्पन्न गतिरोध हटाउन छोटो र शक्तिशाली हमलाको योजना बनाएको समाचारहरु आएका छन्।
होमुर्जमा अवरोधले कच्चा तेलको भाउ आकासिएर ब्यारेलको १२६ डलर माथि
विज्ञहरूका अनुसार यसको शृङ्खलाबद्ध असर पर्छ। तेलको भाउ बढ्दा त्यसको प्रभाव विश्वभरिको अर्थतन्त्रमा फैलिन्छ।
डेटा तथा एनलिटिक्स प्ल्याट्फर्म केप्लरका वरिष्ठ तेल विश्लेषक नबिन दासका अनुसार तेलको मूल्यवृद्धिले मानिसको दैनिक जीवनका लगभग सबै पक्षमा असर पर्छ। आपूर्ति चिन्ता, भूराजनीतिक द्वन्द्व वा बजार अनुमानका कारण कच्चा तेलको भाउ बढ्ने गरेको छ।
गत साता बिहीबार ब्रेन्ट क्रूडमा कच्चा तेलको मूल्य बढेर ब्यारेलको १२६ डलरसम्म पुग्यो। तर, पछि युरोपेली बजारमा कारोबार हुँदा झन्डै ११६ मा कायम भयो। आजका दिनमा ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ ब्यारेलको १०८ डलरमा कारोबार भइरहेको छ।
इरान र अमेरिकाबीच शान्तिवार्ता अवरुद्ध भएका कारण यो साता इन्धनको मूल्य लगातार बढिरहेको छ। यतिखेर होर्मुज जलमार्ग लगभग ठप्प छ। अमेरिकारले पनि होर्मुजमा नाकावन्दी लगाएको छ। मध्यपुर्वमा जारी युद्ध तत्काल सकिने संभावना कम छ।
हवाइ इन्धन मूल्यवृद्धिको असरः एयर इन्डिया गर्यो १०० उडान कटौति
इरानविरुद्ध अमेरिका र इजरायबीच युद्ध सुरु हुनुअघि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ६५ डलर हारहारीमा करोबार भइरहेको थियो। जुन बिहीबारको उच्चबिन्दुभन्दा ८० प्रतिशत भन्दा कम थियो।
कच्चा तेल केवल इन्धनका रूपमा मात्र प्रयोग हुँदैन। यसको उपयोग गरेर धेरैथरी वस्तुको उत्पादन गरिन्छ। कच्चा तेलको भाउ बढ्दा हवाई इन्धन, प्लास्टिक र प्याकेजिङ, रसायन तथा रासायनिक मलका उद्योगहरूको उत्पादन लागत बढ्छ।
द्वन्द्वका कारण ऊर्जा, खाद्यपदार्थ र हवाई भाडा पनि महँगिन सक्छन्।कतिपय एयरलाइन्सहरूले हवाई भाडा बढाइसकेका छन्। भारतको एयर इन्डियाले इन्धनको भाउ आकासिएपछि लामो दुरीका १०० बढी उडान कटौति गरेको समाचार आएका छन्। नेपालमा पनि गाडीको भाउ बढिरहेको छ।
हाल तेलको भाउका कारण रासायनिक मलको मूल्य पनि बढ्न थालेको छ। यसले गर्दा खानेकुराको मूल्य बढ्न सक्छ।
लगानीसम्बन्धी कन्सल्ट्यान्सी वेल्थ क्लबकी मुख्य लगानी रणनीतिकार सुजाना स्ट्रीटर मूल्यवृद्धि अर्को वर्षसम्म जारी रहन सक्ने बताइन्। “मलका निम्ति उपयोग हुने युरियाको ढुवानी ठप्प छ। यसले विश्वभरि किसानहरूका निम्ति लागत बढेको छ” उनले भनिन्।
इरानका बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी सुरु, तेल आपूर्तिमा अवरोध
यी वृद्धि अब आपूर्ति शृङ्खलामार्फत् विस्तारित हुन्छन् र यो वर्षको अन्त्य तथा अर्को वर्षसम्म दैनिक जीवनका सबै खाले सामानको भाउ बढ्छ भन्ने चिन्ता बढेको छ।
यसैगरी यातायात प्रणाली झनै महँगो भएको छ। खाद्य पदार्थ, उपभोक्ता सामग्री वा कच्चा पदार्थसहितका वस्तुहरूको ढुवानी यातायातमा निर्भर हुने हुनाले इन्धनको मूल्य चर्किँदा ती उपभोक्ताहरूसम्म पुग्दा महँगिसक्छन्।
सरसामानको ढुवानी खर्च बढ्दा व्यापारी तथा व्यवसायीहरूले प्रायः त्यो अतिरिक्त भार उपभोक्ताको थाप्लोमा हालिदिन्छन्। फलतः सरसामानको खुद्रा मूल्य पनि बढ्छ।
यस्तो मूल्यवृद्धि विश्वव्यापी अर्थतन्त्रमा जम्मा हुँदै जान्छ। ऊर्जा थप महँगो हुँदा व्यवसायहरूका निम्ति सञ्चालन खर्च बढ्छ। कारखाना चलाउनदेखि लिएर तापक्रम मिलाउन तथा ढुवानी गर्नसम्म लागत बढ्छ।
खानेकुराको भाउ पनि बढ्छ किनकि खेतीपाती, प्याकेजिङ तथा वितरण कार्य तेलसँग सम्बन्धित इन्धन तथा रासायनिक मलको भाउमा भर पर्छन्। लत्ताकपडादेखि विद्युतीय सामग्रीसम्म दैनिक जीवनका सरसामानको उत्पादन तथा ढुवानी महँगो हुन्छ।
इरानको सबैभन्दा शक्तिशाली हतियार कसरी बन्न पुग्यो होर्मुज जलमार्ग?
कुनै देशले अलि बढी र कुनैले अलि कम भएको ब्रजिलका अर्थविद् आन्द्रे पर्फेटो बताउछन्। ब्रजिलले निकै पीडा सहिरहेको उनले खुलासा गरे। पछिल्ला महिनाहरूमा केन्द्रीय बैंकहरुले मुद्रास्फीतिको दर निरन्तर माथि रहेको जानकारी दिएको उनको भनाइ छ।
सन् २०२५ को मध्यमा ब्रजिलको वार्षिक मुद्रास्फीति ५ प्रतिशतसम्म पुगेकोमा यो वर्षको आरम्भमा त्यो घटेर ४.३ र ४.४ प्रतिशत रह्यो। यद्यपि ब्राजिलको लक्ष्य तीन प्रतिशत मात्र थियो।
अब मध्यपूर्वको युद्धका कारण यो वर्षको अन्त्यमा उक्त दर ४.८६ पुग्ने त्यहाँको केन्द्रीय बैंकले जनाएको छ। नेपाललगायत अन्य कतिपय देशहरूले पनि त्यस्तै अवस्था बेहोरिरहेका छन्।
केही विज्ञहरू तेलको भाउ बढ्दा विश्वव्यापी आर्थिक मन्दी आउन सक्ने ठान्छन्। घरपरिवारमा यस्तो मूल्यवृद्धिले दैनिक जीवनमा बहुआयामिक प्रभाव पार्छन्। किराना सामानको खर्च, यताउता जाने यातायात खर्च तथा पानी र बिजुलीका शुल्क सबै बढ्छन्।
जीवनयापनको लागत बढ्दा श्रमिकहरूले ज्याला वृद्धिको माग गर्न सक्छन्। जसले फेरि मुद्रास्फीतिमा चाप पार्छ। परिणामस्वरूप केन्द्रीय बैंकहरुले मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर बढाइदिन सक्छन्। त्यसो भयो भने ऋण महँगो हुन्छ र खर्च तथा सापटी निरुत्साहित हुन्छन्।
तेल संकटले भारतको उच्च आर्थिक वृद्धिलाई धक्का, अर्थतन्त्र संकुचनको बाटोमा!
पाकिस्तान र बंगलादेश जस्ता केही देशमा इन्धन जोगाउन र लागत घटाउन स्कूल बन्द गर्न आदेश दिइएको छ। नेपालले पनि इन्धन घटाउन सातामा दुई दिन सार्वजनिक विदा दिएको छ। यी सबै क्रियाकलापले अर्थतन्त्र शिथिल गराउने अवस्था बन्दै छ। त्यसले विश्वव्यापी मन्दी निम्त्याउने संभावना बढेको छ।
“तत्कालका लागि समस्या समाधान होला भन्ने त्यति आश छैन। तत्कालै ट्रम्पले यसलाई मत्थर पार्लान् भन्ने मलाई विश्वास छैन” उनले भने।
आफ्नो पछिल्लो वर्ल्ड इकोनोमिक आउटलुकमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले इरान युद्धले विश्वको अर्थतन्त्रलाई खलबलाइदिने जोखिम रहेको चेतावनी दिँदै द्वन्द्व लम्बिए विश्वव्यापी मन्दीको जोखिम बढ्ने जनाएको छ।
साथै उसले उच्च मुद्रास्फीतिको प्रतिक्रियामा ब्याज दर बढाउनेबारे केन्द्रीय बैंकहरु सजग रहनुपर्ने भनेको छ।
तर बीबीसी न्यूजसँग कुरा गर्दै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यदि इरानले परमाणुअस्त्र बनाउने जोखिम घट्छ भने केही साताका निम्ति थोरै आर्थिक पीडा सहनुपर्ने बताएका छन्।
दीर्घकालीन सुरक्षाका निम्ति तात्कालिक प्रक्षेपणबारे म खासै चिन्तित छैन, उनले भने।


