काठमाडौं – जिम्बावेमा आजबाट सुरु भएको आईसीसी विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। हरारेको हरारे क्रिकेट क्लबको मैदानमा पौने १ बजेबाट सुरु भएको खेलमा नेपालले कप्तान रोहित कुमा पौडेललाई गुमाएको हो।
रोहित ३१ रन बनाउँदै आउट भएका हुन्। तेस्रो नम्बरमा मैदान पसेका रोहितले कुशल मल्लसँग ७२ रनको साझेदारी गरेर बाहिरिएका छन्।
ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखले १७१ रनको साझेदारी गरएका थिए। कुशल ९५ बल खेल्दै ९९ रन बनाएर आउट भए। उनी शतक बनाउनबाट एक रनले मात्र चुके। यद्यपी उनले नेपाली एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी साझोदारी भने गरेका छन्। उनले आशिफ शेखसँग १०१ रनको साझेदारी गरे। त्यसपछि मैदानमा अर्का ओपनर आशिफ लाई साथ दिन कुशल मल्ल आएका थिए।
तर आशिफ ६६ रनमै आउट भए। नेपालविरुद्ध वेलिङटन मसाकादला घातक सावित भएका छन्। उनले खेलमा सबैभन्दा इकोनोमी बलिङ गरे भने दुई विकेट पनि लिए। उनले दुवै ओपनरलाई पेवेलियन पठाएका थिए।
यता, खेलमा ४४ ओभर सकिँदा नेपाललले २४९ रन बनाएको छ।
ग्लोबल छनोटमाको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो। हरारेकामा नेपालले टस हारेर पहिले ब्याटिङको अवसर पाएको हो भने आयोजक जिम्बावेले पहिले बलिङ गरिरहेको छ।


