२०८३ कार्तिक २२ गते शनिवार

छुटेलगत्तै फेरि किन पक्राउ परे गोल्छा? के हो नयाँ कसुर?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २२
golcha

काठमाडौँ: गत वैशाख १० गते पक्राउ परेका उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई सोमबार सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश जारी गर्‍यो। गोल्छापत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले अनुसन्धान प्रक्रियामा कानुनले तोकेका मापदण्ड पालना नभएको र आवश्यक प्रक्रिया पूरा नगरी हिरासतमा राखिएको भन्दै गोल्छालाई धरौटीमा थुनामुक्त गर्न परमादेश जारी गरेको थियो।

कुनै व्यक्तिलाई हिरासतमा राख्नुअघि धरौटी वा जमानी माग गर्नुपर्नेमा त्यो प्रक्रियासमेत पूरा नभएको अदालतको ठहर थियो। बन्दी रिट खारेज गर्दै इजलासले हिरासतमा राख्न अनुमति दिने आदेशसमेत बदर गरेको थियो।

‘यस ऐन (धितोपत्रसम्बन्धी ऐन) बमोजिमको कसुरको आरोपमा कारवाही चलाइएको व्यक्ति फरार भई वेपत्ता हुन सक्छ भन्ने सशक्त पर्ने कुनै मनासिव कारण भएमा वा बिगो हानि नोक्सानी भएको देखिएमा यस ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले आवश्यक धरौटी वा जेथा जमानी माग्न र त्यस्तो धरौटी वा जमानी नदिएमा निजलाई थुनामा राख्न सक्नेछ भन्ने व्यवस्था रहेको देखिन्छ। तर, सो कानुनी व्यवस्था अनुसार यी निवेदकसँग प्रतिवादी अनुसन्धान अधिकारीले धरौटी वा जमानी माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने दिने कार्य भएको हुँदा निजलाई हिरासतमा राखी गरिएको मिति २०८३/१/१९ र मिति २०८३/१/२१ समेतका आदेश उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’ आदेशमा भनिएको थियो, ‘अब, चोरीपत्र सम्बन्धी कसुरका हकमा यी निवेदकसँग धरौटी वा जमानी माग गरी उल्लिखित दफा १०५ को कानुनी व्यवस्था अनुसार आवश्यक अनुसन्धान गर्न र धरौटी वा जमानी दिन नसकेको अवस्थामा मात्र हिरासतमा राखी अनुसन्धान गर्न परमादेश जारी गरिएको छ।’

प्रहरीले १० गतेयता जिल्ला अदालत काठमाडौँबाट दुई पटक म्याद थपेकोमा सो म्यादलाई पनि सर्वोच्चले बदर गरेको थियो।

उक्त आदेशपछि गोल्छा ५ लाख धरौटी बुझाएर छुटेका थिए। तर छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुन: पक्राउ गरेको हो। अनुसन्धानका लागि आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने तयारी प्रहरीले गरेको छ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा पक्राउ परेर हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टसँग उनको कनेक्सन देखिएपछि यसअघि गोल्छालाई धितोपत्र सम्बन्धी ऐनअन्तरगतको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो। सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा बोर्डले दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ गर्न बनेको समितिले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिले भट्टबाट धितोपत्र खरिद गरेको कुनै पनि रकम नलिने गरेको निष्कर्ष निकालेको छ।

उक्त कार्यमा  महासंघका पूर्वअध्यक्ष गोल्छाले रकम भुक्तानी नै नगरी साढे ५२ करोड रुपैयाँको सेयर खरिद तथा राफसाप गरी कसुर गर्न सहयोग गरेको निष्कर्ष धितोपत्र बोर्डको छ। गोल्छाबाट सो बराबरको रकम भृकुटी स्टक ब्रोकिङ्गले रकम लिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बोर्डको उक्त प्रतिवेदनका आधारमा यसअघि पक्राउ परेका गोल्छालाई अहिले अर्को कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको सिआइबीका प्रमुख एवं एआइजी मनोज केसीले बताए।

सर्वोच्चको आदेशमा बीमा ऐन, २०७९ अनुसारको कसुरको सम्बन्धमा पक्राउ अनुमति जारी नभएको र निवेदनमा समेत त्यसबारे जिकिर नभएको भन्दै त्यसबारे बोलिराख्न जरुरी नभएको भनिएको थियो। तर सर्वोच्चको आदेशपछि प्रहरीले गोल्छालाई पुन: पक्राउ गरेको हो।

बीमा ऐनसम्बन्धी कसुरमा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सिआइबीका प्रमुख एवं एआइजी केसीले जानकारी दिए।

हिमालयन रिइन्स्योरेन्समा गोल्छा २०८२ फागुन २५ गतेसम्म अध्यक्ष रहेका थिए। हिमालयन रिको सेयर कारोबार विवादमा आएपछि उनले अध्यक्षबाट राजीनामा गरेका थिए।

बोर्डको प्रतिवेदनले बिचौलिया दीपक भट्ट र उनका साझेदार सुलभ अग्रवालको भुक्तानी नै नगरी सेयर खरिद तथा राफसाप कसुरमा हिमालयन रिइन्स्योरेन्स कम्पनी पनि प्रयोग भएको उल्लेख गरिएको थियो।

प्रकाशित: २०८३ बैशाख २२ गते मङ्गलबार १०:५९
प्रतिक्रिया

थप समाचार

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना