काठमाडौँः आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ८ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।


