२०८३ कार्तिक २२ गते शनिवार

ज्येष्ठताको परम्परा मिचेर सपनालाई रोकिए को बन्ला भावी प्रधानन्यायाधीश?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २३
supreme_cj

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक डाकेका छन्। प्रधानमन्त्री शाहको निर्देशनमा परिषद् सचिवालयले बिहीबार बेलुका ४ बजे बैठक बोलाएको छ।

६ सदस्यीय संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, प्रतिनिधि सभाका विपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी ठाकुरलाई आमन्त्रण गरिएको छ।

बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको छ।

हालसम्म प्रधानन्यायाधीश नियुक्ति ज्येष्ठताको परम्परामा आधारित हुने गरेको थियो। यसपटक त्यो परम्परा ढलेमा रोलक्रमअनुसार वरिष्ठतम न्यायाधीश मल्ल सर्वोच्चको नेतृत्व सम्हाल्नबाट वञ्चित हुनेछिन्।

न्यायको वस्त्र ओढेको राजनीति: प्रधानन्यायाधीश नियुक्तिमा ज्येष्ठताको परम्परा मिच्ने खेल

नेपालको संविधान २०७२ को धारा १२९(२) ले प्रधानन्यायाधीश नियुक्तिको अधिकार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिलाई दिएको छ। संविधान ज्येष्ठताबारे मौन भए पनि हालसम्मको परम्परा ज्येष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्ति हो।

संवैधानिक परिषद्‌मा तत्कालिन नेकपा माओवादीबाट राष्ट्रियसभा अध्यक्ष दाहाल, विपक्षी दल नेपाली कांग्रेसबाट भीष्मराज आङ्दाम्बे र श्रम संस्कृति पार्टीबाट उपसभामुख बनेकी ठाकुर गरी विपक्षीको ५० प्रतिशत प्रतिनिधित्व छ। परिषद्को संरचनाअनुसार प्रधानमन्त्री शाहले बहुमत प्राप्त गर्न नसक्ने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ दोस्रोपटक पुन:सिफारिस गरेपछि राष्ट्रपतिबाट जारी भैसकेको छ।

यसअघि कायम ऐनमा ६ सदस्यीय परिषद्‍ हुने व्यवस्था रहेकोमा अध्यक्ष र चार सदस्यसहित पाँच संख्या गणपूरक रहने, सर्वसम्मतिका आधारमा निर्णय गर्नुपर्ने, पहिलो बैठकमा सहमति हुन नसके अर्को बैठकमा बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था रहेको थियो। अध्यादेशमा परिषद्को बैठकमा अध्यक्षसहित चार जना उपस्थित भए गणपूरक संख्या पुग्ने, त्यसको बहुमत अर्थात् तीन जनाले निर्णय गर्न सक्ने प्रावधान राखिएको छ। अध्यादेशद्वारा जारी ऐनअनुसार विपक्षीको असहमतिका बाबजुद सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्री शाहले सोही दलबाट सभामुख र कानुनमन्त्री बनेका सदस्यको बलमा आफूअनुकूल प्रधानन्यायाधीश नियुक्त गर्नसक्नेछन्।

चैत १८ मा प्रकाशमानसिंह राउत अनिवार्य अवकाशमा गएपछि त्यसयता वरिष्ठतम न्यायाधीश मल्लले  कायमुकायमका रूपमा सर्वोच्चको नेतृत्व सम्हालिरहेकी छन्।

प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना पहिले नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने व्यवस्थाअनुसार सर्वोच्च अदालतको प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भैसकेको छ।

न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश डा. मनोजकुमार शर्मा, कुमार रेग्मी, हरि फुँयाल, तिलप्रसाद श्रेष्ठ र डा. नहकुल सुवेदीको नाम सिफारिस गरेको छ। सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू प्रधानन्यायाधीशका लागि योग्य हुन्छन्। सोहीअनुसार वरिष्ठतम्का आधारमा ६ जनाको नाम सिफारिस गरिएको हो।

वरिष्ठतमका आधारमा मल्लपछि न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ रहेका छन्। यसपटक वरिष्ठतमको परम्परा मिचिएमा सपनाबाहेक अन्य व्यक्तिले कनिष्ठ भएर पनि सर्वोच्चको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गर्नेछ।

प्रकाशित: २०८३ बैशाख २३ गते बुधबार ०२:२१
प्रतिक्रिया

थप समाचार

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना