काठमाडौँः बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेपनि सेयर बजार भने खुल्ला हुने भएको छ। २०८२ साल चैत २३ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार “प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस” का अवसरमा बिदा दिइएको हो। यो बिदा प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय तथा निकायहरूमा लागू हुनेछ।
तर, यस बिदाको प्रभाव सेयर बजारमा भने नपर्ने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुरहरि पराजुलीका अनुसार नेप्से संघीय सरकारले घोषणा गरेको सार्वजनिक बिदाका दिन मात्र बन्द हुने गर्दछ। त्यसैले बागमती प्रदेशमा बिदा भए पनि भोलि नेप्से नियमित रूपमा सञ्चालनमा रहनेछ। ‘संघीय सरकारले घोषणा गरेको सार्वजनिकख बिदामात्र हामीलाई लागु हुन्छ, प्रदेश सरकारले घोषणा गरेको बिदा हामीलाई लागु हुँदैन । त्यसैले भोली नेप्से खुल्ला हुन्छ,’ उनले नेपाल क्लिक्सलाई भने ।


