काठमाडौँः नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुन तोलामा २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार ५ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ।


