काठमाडौँः साताको चौथो कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ६.९४ अंकले बढेर २ हजार ७१८.१६ विन्दुमा बन्द भएको हो ।
आज ६६ लाख ८४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा २ अर्ब ९३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १२ कम्पनीको सेयरमूल्य स्थिर छ ।
आज स्वावलम्बन लघुवित्तको सेयरमूल्य १२.१९ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा एनआरएनए इन्फ्रास्ट्रक्चरको रहेको छ । उक्त कम्पनीको मात्र १७ करोड भन्दा बढीको कारोबार भएको छ ।


