काठमाडौँः नेपाली बजारमा शुक्रबार (आज) पनि सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलामा २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बिहीबार ५ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ५ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको हो ।


