काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक २७.४९ अंकले बढेर २ हजार ७४५.६५ विन्दुमा बन्द भएको हो।
आज ७४ लाख ७८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यसैगरी, आज २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको सेयरमूल्य स्थिर छ।
आज त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार होटल फरेष्ट इनको भएको छ । कम्पनीको १३ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।


