२०८३ कार्तिक १३ गते बिहिबार

आईएमई र सामसङ नेपालको समन्वयमा ‘रेमिटमा बेनिफिट क्याम्पेन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २५
Mnemonic

काठमाडौँ: रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा रहेका नेपाली तथा तिनका परिवारलाई लक्षित गर्दै नयाँ, आकर्षक ग्राहकलाभ योजना सार्वजनिक गरेको छ।

जसअनुसार आईएमई मार्फत विदेशबाट नेपालमा रेमिट्यान्स पठाउने ग्राहकले केवल पैसा प्राप्त गर्ने सुविधा मात्रै होइन, सामसङका विभिन्न आधुनिक इलेक्ट्रोनिक सामान खरिद गर्दा विशेष छुट (क्यासब्याक) तथा अन्य आकर्षक अफरको समेत लाभ लिन सक्ने भएका छन्।

‘अफरको लाभ लिन ग्राहकहरूले आईएमई रेमिटमार्फत विदेशबाट नेपालमा पैसा पठाउनु पर्दछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘त्यसपछि नेपालमा पैसा प्राप्त गर्दा प्रयोग भएको आईएमई कन्ट्रोल नम्बर सुरक्षित राखेर सामसङको आधिकारिक स्टोर वा डिलरकहाँ पुग्नुपर्नेछ।’

ग्राहकले आफूलाई आवश्यक सामसङका स्मार्टफोन वा अन्य घरेलु उपकरण छनोट गरी एचएफएलमार्फत सहज ईएमआई वा ऋण सुविधा मार्फत खरिद प्रक्रिया पूरा गर्न सक्नेछन्। जसले ग्राहकलाई एकैपटक ठूलो रकम खर्च नगरी किस्ताबन्दीमा सामान खरिद गर्ने सुविधा प्रदान समेत गर्नेछ। ईएमआई सुविधा २४ महिनासम्म उपलब्ध छ।

‘साथै स्मार्टफोन, स्मार्ट टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन लगायतका आधुनिक घरेलु तथा डिजिटल उपकरण खरिद गर्दा ग्राहकहरूले अधिकतम ६ प्रतिशतसम्म क्यास ब्याक खल्तीबाई आईएमई वालेटमा प्राप्त गर्ने व्यवस्था गरिएको छ’ कम्पनीले भनेको छ ‘यसले विदेशमा बसेर कठिन परिश्रम गरी कमाएको रकमलाई अझ बढी उपयोगी र मूल्यवान बनाउने छ।’

सामसुङ स्मार्टफोन खरिद गर्ने ग्राहकले एनसेल प्याक सक्रिय गर्दा बोनस डेटा सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यस, योजनाअन्तर्गत ग्राहकहरूले एनसेल रिचार्जमा अधिकतम १८० जीबीसम्म बोनस डेटा प्राप्त गर्ने अवसर पाउनेछन्।

आईएमईका कार्यकारी अधिकृत दिवाकर पौडेलले विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारको दैनिक जीवनलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले यो योजना तयार पारिएको बताए।

प्रकाशित: २०८३ बैशाख २५ गते शुक्रबार ०४:४१
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना