काठमाडौँः नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलामा २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आइतबार ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ।


