काठमाडौँः साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढीरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक ३८.१९ अंक बढेर २७८३.८५ विन्दुमा पुगेको छ।
त्यस्तै, नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ३ अर्ब २८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३९ हजार किक्ता सेयर खरिदबित्री भएको छ।
यस दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १४.१९ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको मात्र यस दिन २१ करोड ९ लाख ९९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


