काठमाडौँः याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले वैशाख ३० गते (बुधबार) आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता सेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा १५ गुणा बढीको आवेदन परेको थियो। अन्तिम दिनसम्ममा २९ लाख ८९ हजार ८ सय ६९ जना आवेदकले आवेदन दिएका थिए।
बाँडफाँडपछि १ लाख ७४ हजार ३ सय जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।


