काठमाडौँः यती एयरलाइन्स लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।
यससम्बन्धी सम्झौतापत्रमा यती एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य तथा एनआइएमबि एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।
आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यती एयरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो। कम्पनीले देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको छ।
कम्पनीले आईपीओ निष्काशनमार्फत सर्वसाधारणलाई स्वामित्वमा सहभागी गराउने तयारी गरेको जनाएको छ। आईपीओ निष्काशनसम्बन्धी थप विवरण भने पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।


