काठमाडौँ: इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी) ले उनलाई मंगलबार राति सिन्धुलीबाट पक्राउ गरेको हो।
बैंकले स्मार्ट टेलिकम कम्पनीलाई ५ अर्ब २० करोड रुपैयाँ ऋण दिएको थियो। तर त्यो ऋण डुबेपछि सम्पति लिलाम गरेर बैंकले ऋण उठाएको थियो।
अनुसन्धानका क्रममा उक्त बैंकले सरकारले टेकओभर गरेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई लिलाम गरेको खुलेको छ।
टेलिकमले ऋण नतिरेपछि सरकारका तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम अधिग्रहण गरेको छ। त्यसपूर्व कम्पनीको नाममा रहेको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गराउने कार्य भएको विषयमा अनुसन्धान भैरहेको छ।


