काठमाडौँः नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलामा ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार मंगलबार ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ५ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।


