२०८३ कार्तिक १३ गते बिहिबार

१९ औं एशियन गेम्सका लागि बक्सिङ्गको १३ खेलाडी छनोट

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार ४
Boxing asian games qualifier
१९ औं एसियाली खेलकुदका लागि बक्सिङको छनोट।

काठमाडौं — यही वर्ष चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुदका लागि बक्सिङको छनोट सम्पन्न भएको छ। बक्सिङमा महिलातर्फ ६ र पुरुषतर्फ ७ गरी १३ जना छनौटभएको नेपाल बक्सिङ संघले जानकारी दिएको हो।

प्mलाई वैट ५० किलो महिला तौल समुहअन्तर्गत आज भएको खेलमा नक्साल बक्सिङ्ग क्लबका सुस्मा तामाङ्गले यचटुओका अस्मिता दुवाललाई स्पिलट डिसिजन ५ः२को आधारमा पराजित गरेर एसियाली खेलकुदमा आफ्नो स्थान सुरक्षित गरेकी छन्।

५४ किलो तौल समुह महिलातर्फ आर्मीकी मीनु गुरुङ्गले बक्समाण्डुकी अन्जली तेलीलाई ४ः१ को आधारमा पराजित गरेकी थिइन्। त्यस्तै, महिला ५७ किलो तौल समुहमा आर्मीकी चन्द्रकला थापाले नेपाल प्रहरी निशा तामाङलाई युनानिमस ५ः० को आधारमा पराजित गरिन्। उनी पनि एसियाली खेलकुदका लागि छनोट भएकी छन्।

६० किलो महिलातर्फ वाक ओभरको आधारमा एपीएफकी संगिता सुनारले आर्मीकी बर्षा श्रेष्ठलाई पराजित गरिन् भने महिला ६६ किलो तौल समुहमा एपीएफका विनिता थापा मगरले आर्मीकी निरु गुरुङ्गलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गरिन।

महिला ७५ केजीमा एपीएफकी सरस्वती राना मगर वियजी भइन्। उनले एपीएफकी मनिता राईलाई पराजित गरेकी थिइन। पुरुषतर्फ ५१ किलो तौल समुहमा यचटुओका रविन थापाले नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई स्प्लिट डिसिजन ५ः२ को आधारमा पराजित गरेका छन् ।

पुरुषतर्फ नै ५७ किलो तौल समुहमा एचटुओका बुद्ध ग्याम्जो लामाले जित निकाले। उनले ४ः१ को स्प्लिट डिसिजनको आधारमा बोसिगाँउ क्लबका सुलभ मालीलाई पराजित गरेका हुन्।

पुरुष ६३ दशमलव ५ किलो तौल समुहमा जेनेक्सका मौसम राना मगरलाई ५ः० अंकको आधारमा नेपाल प्रहरीका खेलाडी भूपेन्द्र थापा मगरले जीत हासिल गरेका थिए। भूपेन्द्र १३ औं दक्षिण एशियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी हुन्।

पुरुष ७१ किलो तौल समुहमा आर्मीका दिपेश लामाले ४ः१ अंकको आधारमा सुदूरपश्चिमका खेलाडी भरत चन्दलाई पराजित गरेका थिए।

पुरुष ८० किलो तौल समुहमा आर्मीका दिपक श्रेष्ठले बक्समाण्डुका मनोज तामाङ्गलाई वाक ओभरको आधारमा पराजित गरे। पुरुष ९२ किलो तौल समुहमा गण्डकीका दिपक सुनवारले ४ः० को अंकको आधारमा एपीएफका रविन नेपाललाई पराजित गरेका हुन्। ९२ प्लस किलो तौल समुहमा आर्मीका आशिश दवाडी छनोट भए।

प्रकाशित: २०८० असार ४ गते सोमबार ०१:००
प्रतिक्रिया

थप समाचार

नेपाल बक्सिङ संघमा पुन: अवाले

काठमाडौं – नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनबाट राम अवाले हिजो बुधबार अध्यक्षमा निर्विरोध चयन भएका छन्। पोखरामा सम्पन्न साधारण सभाले दक्षिण एसियाली खेलकुदको बक्सिङका रजत पदक...

नेपालमा पहिलो पटक मिक्स्ड मार्सल आर्टस प्रतियोगिता हुँदै

काठमाडौं – ओमेगा च्याम्पियनसिप नाम दिएको मिक्स्ड मार्सलआर्टस प्रतियोगिता आउदो जुलाई १५ (असार ३० गते) मा नेपालमै पहिलो पटक आयोजना हुने भएको छ। काठमाडौंमा आयोजक ओमेगा फाइट टिमले म‌ंगलबार पत्रकार...

विशेष प्रशिक्षणका लागि युवा मुक्केबाज भारत जाँदै

काठमाडौं– भारतीय बक्सिङ संघको आयोजनामा मार्च २५ देखि अप्रिल ६ सम्म हरियानामा हुने बहुराष्ट्रिय बक्सिङ प्रशिक्षण शिविरमा सहभागी हुन नेपाली युवा मुक्केबाजहरु भारत जाने भएका छन्। पाँच खेलाडीहरू...

पहिलो पटक विश्व बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनल पुग्यो नेपाल

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली महिला खेलाडी पुगेको यो पहिलो पटक हो। यसअघि नेपाली महिला कहिल्यै पनि विश्व बक्सिङको अन्तिम आठमा पुग्न सकेका थिएनन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना