काठमाडौँः नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलामा ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार ५ हजार ७१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ५ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


