काठमाडौँः नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन तोलामा ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहबिार ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।


