काठमाडौँः साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ३०.०८ अंकले बढेर २ हजार ७५४.४८ विन्दुमा बन्द भएको हो ।
आज १ करोड ६ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब ८२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज २४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। १ कम्पनीको सेयरमूल्य स्थिर छ ।
आज सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज सो कम्पनीको १८ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


