काठमाडौँः नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलामा २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


