काठमाडौँः साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक १२.३६ अंकले घटेर २ हजार ७४२.११ विन्दुमा बन्द भएको हो ।
आज ८९ लाख ५५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ९ कम्पनीको सेयरमूल्य स्थिर छ ।
आँखु खोला जलविद्यूत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १७ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


