२०८३ कार्तिक २१ गते शुक्रबार

भाटभटेनीका मीनबहादुरको ७१ करोड दानबाट बनेको किओच बाल अस्पतालको उद्घाटन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ९
photo-13_0fcb04ca

काठमाडौं। काठमाडौंको वूढानिलकण्ठमा निर्माण गरिएको किओच बाल अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल निर्माणप्रति खुसी व्यक्त गरिन्।

कार्यक्रममा बोल्दै उनले अस्पतालको स्थापनाले बालबालिका तथा गरिब विपन्न वर्गलाई निस्वार्थ रूपमा सेवा पाउने अवसर सृजना गरेको उल्लेख गरिन्।

उनले यो संस्था भारतको ‘ताजमहल’ जत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै, यसको निर्माणमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरू र जगद्गुरु शंकराचार्यको उपस्थिति र आशीर्वादले संस्थालाई थप बलियो र अटल बनाएको विचार व्यक्त गरिन्।

उनले भनिन्, हाम्रो निम्ति त भारतमा ताजमहल बनेजस्तै संस्था बन्यो। साह्रै खुसी लागेको छ। सबैभन्दा ठूलो कुरा भनेको बालबालिका, गरिब सबैले एउटा निस्वार्थ रूपमा सेवा पाउने भए।

नयाँ संस्थाको प्रादुर्भाव भएको छ। संस्थाको जन्म प्रतिष्ठित व्यक्तित्व मीनबहादुर गुरुङ र उनका धर्मपत्नीको तनमन धनबाट, लगनशीलताबाट बन्यो। साथै जगद्गुरु शंकराचार्यबाट उद्घाटन हुनु खुशीको कुरा हो।’

कार्यक्रममा व्यवसायी मीनबहादुर गुरुङले सन्त महात्माहरूको दर्शन, आशीर्वचन र उपदेशले आफूलाई समाज सेवाको सत्कर्ममा लाग्न प्रेरणा मिलेको बताए। उनले भविष्यमा पनि लोककल्याणकारी कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशन गुरुङले व्यक्तिगत ७१ करोडमा उक्त अस्पताल भवन निर्माण गरिदिएका हुन्। सो अवसरमा अस्पतालको साँचो अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरिएको थियो।

भारतका जगद्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम्ले अस्पतालको नवनिर्मित भवन साँचो हस्तान्तरण गरेका हुन्। सो अवसरमा उनले विद्या, चिकित्सा र दानले नै पुन्य कमाइने भएकाले त्यसले नै मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने धारणा राखे।

उनले हरेक व्यक्तिलाई भगवानले केही न केही दिएको बताउँदै पैसाले मात्रै पनि केही नहुने हुँदा पुन्य कामका लागि खर्च गर्न तयार हुनुपर्ने बताए।

प्रकाशित: २०८३ जेठ ९ गते शनिवार ०४:२२
प्रतिक्रिया

थप समाचार

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं। दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ। स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने

काठमाडौं। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना