काठमाडौँः नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । गएको शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।


