काठमाडौँ: काठमाडौं–तराई–मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएका छन्।
उक्त राजमार्गमा ५.४ किलोमिटर सुरुङ समेत बन्ने भएको हो। उक्त आयोजनका लागि सरकारले १७ अर्ब ६४ करोड बजेट छुट्टयाएको छ।
यसैगरी सरकारले आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ६७० मेगावाट जलविद्युत् र ३७० मेगावाट सौर्य आयोजनाबाट गरी एक हजार ४० मेगावाट उत्पादनको लक्ष्य राखेको जानकारी दिए।







