२०८३ कार्तिक २० गते बिहिबार

बुद्ध परिपथ क्षेत्रको विकासका लागि सम्झौता, पूर्वाधार बनाउन विश्व बैंकको साढे १२ अर्ब ऋण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १७
buddha_path

भैरहवा। बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तरर्राष्ट्रियस्तरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्ध परिपथ निर्माणका लागि सम्झौता भएको छ।

विश्व बैंकको ऋण सहयोगमा सञ्चालन हुन लागेको परियोजनाअन्तर्गत पर्यटन पूर्वाधार विस्तार, स्थानीय रोजगारी प्रवर्द्धन तथा गन्तव्य व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न हालै यहाँका चार स्थानीय तहसँग विकास साझेदारी सम्झौता गरिएको हो।

सहरी विकास तथा भवन निर्माण विभाग र कपिलवस्तु, लुम्बिनी सांस्कृतिक, रामग्राम तथा देवदह नगरपालिकाबीच परियोजना कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा विभागका महानिर्देशक रवीन्द्र बोहरा तथा सम्बन्धित नगरपालिकाका प्रमुख एवं प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

विश्व बैंकले बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटन विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारका लागि साढे आठ करोड अमेरिकी डलर (करिब १२ अर्ब ६६ करोड) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ। पाँच वर्ष सञ्चालन हुने परियोजनाअन्तर्गत प्रत्येक नगरपालिकामा करिब ४६ करोड रुपैयाँ लगानी हुने भएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर आशिषकुमार यादवका अनुसार आगामी आर्थिक वर्षको सुरुआत मै परियोजनाअन्तर्गत पहिलो किस्ताका रूपमा प्रत्येक नगरपालिकामा नौ करोड रुपैयाँ उपलब्ध गराइने भएको छ।

परियोजनाको मुख्य लक्ष्य बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षण, पर्यटकीय पूर्वाधार निर्माण र स्थानीय समुदायलाई पर्यटनसँग जोडेर आयआर्जनका अवसर सिर्जना गर्नु रहेको छ। परियोजनामार्फत पर्यटक बसाइँ अवधि वृद्धि, स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटनजन्य सेवा विस्तार गर्ने योजना रहेको जनाइएको छ।

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले बुद्धको जीवनसँग जोडिएका ऐतिहासिकस्थलको संरक्षण र प्रवर्द्धनबाट अन्तरराष्ट्रिय पर्यटक आकर्षित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे।

परियोजनाअन्तर्गत सम्पदामैत्री पदमार्ग, विश्रामस्थल, सार्वजनिक शौचालय, डिजिटल सूचना बोर्ड, संकेत चिह्न, खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापनका संरचना निर्माण गरिनेछन्। साथै, स्थानीय युवालाई पथप्रदर्शकका रूपमा तालिम दिई रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।

गन्तव्य विकास र पर्यटन व्यवस्थापनसम्बन्धी काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष तथा नेपाल पर्यटन बोर्डले समन्वय गर्नेछन् भने भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी सहरी विकास तथा भवन निर्माण विभागले लिनेछ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले परियोजनाले लुम्बिनी क्षेत्रमा पर्यटकको बसाइँ अवधि बढाउन र स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताए।

पर्यटन व्यवसायीहरूले पनि परियोजनाको प्रभावकारी कार्यान्वयन भए बुद्ध जन्मस्थल लुम्बिनी तथा आसपासका क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन्। हाल लुम्बिनी मुलुककै प्रमुख पर्यटकीय गन्तव्य भए पनि पर्यटकको बसाइँ अवधि छोटो रहेकाले त्यसलाई बढाउन पूर्वाधार तथा सेवा विस्तार आवश्यक रहेको व्यवसायीको भनाइ छ।

प्रकाशित: २०८३ जेठ १७ गते आईतबार १२:३६
प्रतिक्रिया

थप समाचार

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...

अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँः अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना