२०८३ कार्तिक १४ गते शुक्रबार

टस जितेर नेपालले रोज्यो बलिङ

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार ५
karan kc in cwc qualifier

काठमाडौं – आइसीसी क्रिकेट एकदिवसीय विश्वकपअन्तर्गत ग्लोबल छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ। नेपाली टिमका कप्ताने रोहित कुमार पौडेलले जिम्बावेको टागासिंगा स्पोर्टस् क्लबमा टस जितेर पहिले बलिङ रोजेका हुन्।

नेपालले पहिलो खेलमा जिम्बावेविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको थियो। सो खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने टस जितेर बलिङ राजेको हो। आजको खेलमा नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ।

यता पहिलो खेलमा अमेरिकाले वेस्ट इन्डिजसँग ३९ रनको हार बेहोरेको थियो। त्यसैले आज दुवै टोली पहिलो जितको खोजीमा रहनेछन्।

समूह बीमा रहेका यि दुवै टिमलाई अर्को चरणमा पुग्नको लागि आजको जित धेरै आवश्यक छन्। समूहका बाँकी टिम निकै बलिया रहेको कारण आजको खेलमा जित निकाल्ने टिमलाई सुपर सिक्समा पुग्ने अवसर रहनेछ। समूह बीमा सहभागी पाँच टिममध्ये नेपालले पहिलो खेलमा आयोजक टिमसँग हार बेहोरिसकेको हो। अब वेस्ट इन्डिजविरुद्ध जित निकाल्ने सम्भावना पनि कम छ। त्यसैले नेपाल अमेरिका र नेदरल्यान्ड्सविरुद्ध जित निकालेर समूहको तेस्रो स्थानमा रहँदै सुपर सिक्समा उक्लन चहान्छ।

त्यसका लागि आजको जित आवश्यक छ। तर अमेरिका कम बलियो टिम भने होइन्। अहिलेसम्म ६ पटक खेल्दा अमेरिकाले दुई पटक जित निकालिसकेको छ। यि दुईबीचको खेलमा नेपालले तीन जित निकाल्दा एक खेल भने टाई भएको थियो।

त्रिवी मैदानमै भएको एक खेलमा अमेरिका नेपालसँग ३५ रनमा समेटिएको थियो। त्यो विश्वकै कम योगफलमा पर्छ। तर यसबाहेकका सबै खेल प्रतिस्पर्धात्मक भएका छन्। त्यसैले आजको खेल पनि निकै प्रतिस्पर्धात्मक हुने आशा गरिएको छ। यसअघिको खेलमा अमेरिकाले वेस्ट इन्डिजसँग ३९ रनको हार बेहोरेको थियो।

प्रकाशित: २०८० असार ५ गते मङ्गलबार १२:३३
प्रतिक्रिया

थप समाचार

अपराजित थाइल्यान्डलाई हराउँदै पहिलो जितको खोजीमा नेपाल

काठमाडौँ - त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज मंगलबार नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो...

तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतसँग इंग्ल्याण्ड फेरि पराजित

काठमाडौँ - तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतले इंग्ल्याइण्डविरुद्ध पाँच खेलको टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेलमा पनि जित निकालेको छ। हिजो राति भएको खेलमा भारतले इंग्ल्याण्डलाई २ विकेटले...

भिड्दै भारत र इंग्ल्याण्डबीच दोस्रो खेलः रिंकु आउट, दुवे र रमनदीप समावेश

एजेन्सी - भारत र इंग्ल्याण्डबीचको ५ वटा टी–२० म्याचको सिरिजको दोस्रो खेल आज चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुँदैछ। यो खेल भारतीय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। टस साँझ ६ः३० बजे हुनेछ। सिरिजको...

पाँच वटा पिचसहित क्रिकेट मैदान निर्माण हुँदै

मनहरी (हेटौँडा) - यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार...

१७ वर्षीय आयुषले ११७ बलमा १८१ रन बनाउँदै बनाए विश्व कीर्तिमान

एजेन्सी - मुम्बईका १७ वर्षीय क्रिकेटर आयुष म्हात्रेले मंगलबार नागाल्याण्डविरुद्धको विजय हजारे ट्रफीको खेलमा ११७ बलमा १८१ रनको उत्कृष्ट इनिङ खेल्दै विश्व रेकर्ड बनाएका छन्। उनले लिस्ट ए क्रिकेटमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना