२०८३ कार्तिक १३ गते बिहिबार

बजेट महत्वाकांक्षी भए पनि स्रोत व्यवस्थापन चुनौतीपूर्ण: एफएनसीसीआई उपाध्यक्ष श्रेष्ठ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १८
96e3ec86-4ccc-4c30-b197-ca6abaecf7c0

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष नरेशलाल श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी भए पनि यसको कार्यान्वयनका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले बजेटले केही परम्परागत सोचबाट बाहिर निस्केर रूपान्तरणकारी कार्यक्रमहरू अघि सारेको उल्लेख गरे।

‘पुँजीगत खर्च कुल बजेटको करिब २० प्रतिशतमा सीमित देखिएको छ। साथै, ६ खर्ब रुपैयाँभन्दा बढीको वित्तीय घाटासहित बजेट प्रस्तुत भएको छ,’ श्रेष्ठले भने।

उनले व्यक्तिगत आयकरको सीमा विस्तार गरिएको विषयलाई सकारात्मक कदमका रूपमा व्याख्या गरे। ‘लगानी बोर्डबाट स्वीकृति प्राप्त परियोजनाले अन्य निकायबाट दोहोरो स्वीकृति लिनु नपर्ने व्यवस्था लगानीमैत्री वातावरण निर्माणतर्फको महत्वपूर्ण कदम हो,’ उनले बताए।

स्युचाटारमा मुलुककै पहिलो एआई कम्प्युट सेन्टर निर्माण गर्ने घोषणा पनि स्वागतयोग्य रहेको उनको भनाइ थियो।

स्टार्टअप प्रवर्द्धनका लागि प्रारम्भिक चरणमा अनुदान, सहुलियतपूर्ण कर्जा तथा निजी क्षेत्रसँगको सहलगानीलाई प्राथमिकता दिने सरकारी योजना महत्वपूर्ण रहेको उनले बताए।

यद्यपि, ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत कर लगाउने व्यवस्था तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा थपिएको करबारे पुनर्विचार आवश्यक रहेको उनले बताए।

‘यी करहरूले निजी क्षेत्र र उपभोक्तामाथि थप आर्थिक भार पार्न सक्छन्। त्यसैले सरकारले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्दै आवश्यक संशोधन गर्नुपर्छ,’ उनले भने।

श्रेष्ठले विद्युतीय सवारीसाधन (ईभी) मा कर वृद्धि गरिँदा यसको प्रयोग घट्न सक्ने चिन्ता व्यक्त गरे। स्वच्छ पूर्वाधार लगानी शुल्कका कारण पुनः पेट्रोलियम इन्धनबाट चल्ने सवारीसाधनको प्रयोग बढ्न सक्ने उनको भनाइ थियो।

विगतमा बजेट र योजनाहरू राम्रो भए पनि कार्यान्वयनमा ढिलाइ हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्मरण गर्दै उनले यसपटक घोषणा गरिएका कार्यक्रमहरू शीघ्र कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औंल्याए।

महासंघले बजेटपूर्व सरकारलाई दिएका सुझावमध्ये साना तथा मझौला व्यवसायसम्बन्धी केही विषय समेटिन नसकेको गुनासो पनि उनले गरे।

‘५० लाख रुपैयाँभन्दा माथिको कारोबार गर्ने व्यवसायलाई अनिवार्य रूपमा भ्याट दायरामा ल्याउँदा उनीहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुन सक्छ। महासंघले यो सीमा १ करोड रुपैयाँ पुर्‍याउन सुझाव दिएको थियो,’ उनले बताए।

होटल व्यवसायलाई उद्योगसरह मान्यता दिई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने विषय कार्यान्वयनमा नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

‘भ्याट समायोजनको व्यवस्था नहुँदा र सबै क्षेत्रमा समान दर लागू गर्दा लागत बढ्ने अवस्था छ। यसले उद्योग तथा व्यवसाय सञ्चालनमा थप चुनौती सिर्जना गर्न सक्छ,’ उनले भने।

उपाध्यक्ष श्रेष्ठले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रक्रियाका कारण उद्योग तथा पूर्वाधार आयोजनाहरूमा अनावश्यक ढिलाइ भइरहेको बताए।

‘ईआईए र आईईई प्रक्रियाका कारण धेरै उद्योग तथा परियोजना प्रभावित भएका छन्। हाल करिब ५०० परियोजना विभिन्न कारणले रोकिएका छन्,’ उनले बताए।

वन नीति तथा वन आरक्षणसम्बन्धी व्यवस्थाका कारण पनि विकास आयोजनाहरू प्रभावित भएको उल्लेख गर्दै उनले सहजीकरणको आवश्यकता औंल्याए।

होटल क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रयोग हुने आयातित सामग्रीमा भन्सार सहुलियत दिनुपर्ने माग पनि उनले दोहोर्‍याए।

‘होटल उद्योगलाई आवश्यक उपकरण तथा सामग्री ५ प्रतिशत भन्सार दरमा आयात गर्न सकिने व्यवस्था भए पर्यटन क्षेत्रलाई ठूलो राहत पुग्नेछ,’ उनले भने।

नेपालले अधिकांश औद्योगिक कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले उत्पादन लागत उच्च हुने गरेको र भारत तथा चीनका उत्पादकसँग प्रतिस्पर्धा गर्न कठिनाइ भएको उनको भनाइ थियो।

‘कच्चा पदार्थ आयात गर्दा ढुवानी खर्च अत्यधिक महँगो पर्छ। अघिल्लो सरकारले सहुलियतस्वरूप ५ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो, तर व्यवसायीहरूले अहिलेसम्म त्यसको लाभ पाएका छैनन्,’ उनले बताए।

निर्यात घट्दै गएको र आयात बढिरहेको वर्तमान अवस्थामा सरकारले निर्यात प्रवर्द्धनका लागि थप उदार तथा प्रोत्साहनमुखी नीति अवलम्बन गर्नुपर्नेमा पनि उनले जोड दिए।

प्रकाशित: २०८३ जेठ १८ गते सोमबार ०१:३७
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना