२०८३ कार्तिक २३ गते आईतबार

बजेटलाई पत्याएन सेयर बजारले, लगानीकर्ता भन्छन्- अपरिपक्व नीतिको असर बजारमा देखियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १८
nepse4

काठमाडौँः सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको केही दिनपछि खुलेको सेयरबजारमा अपेक्षित सकारात्मक प्रभाव देखिन सकेन। चार दिनको लामो सार्वजनिक बिदापछि आइतबार खुलेको बजारमा नेप्से परिसूचक उल्लेख्य अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६.७२ अंकले घटेर २ हजार ७५५.३७ विन्दुमा झरेको छ। आज ३४९ वटा कम्पनीका १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी पुगेको नेप्सेले जनाएको छ।

गत शुक्रबार प्रस्तुत बजेटमार्फत सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर बढाउने घोषणा गरेको थियो। नयाँ व्यवस्थाअनुसार अल्पकालीन लगानीकर्ताका लागि करदर ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताका लागि १० प्रतिशत कायम गरिएको छ। अर्थमन्त्रीले यसलाई अन्तिम करको मान्यता दिइने बताएका छन्।

यद्यपि, बजेटपश्चात बजारमा सकारात्मक संकेत आउने अपेक्षा गरिए पनि पहिलो कारोबार दिनको नतिजाले लगानीकर्ताको मनोबल कमजोर रहेको संकेत गरेको छ।

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारका अनुसार बजारमा आएको गिरावटको मुख्य कारण पुँजीगत लाभकर वृद्धि नै हो।

उनले सरकारले कर बढाउनुको सट्टा केही राहत दिने नीति ल्याएको भए लगानीकर्तामा विश्वास बढ्ने बताए। उनका अनुसार बजेटपछि बजार सुधार हुने आशा गरेका धेरै लगानीकर्ता कर वृद्धिको घोषणापछि निराश बनेका छन्।

रौनियारले पुँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिने निर्णय सकारात्मक भए पनि त्यसबारे विभिन्न तहबाट आएका फरक–फरक व्याख्याले लगानीकर्तामा अन्योल सिर्जना गरेको दाबी गरे।

उनका अनुसार सरकारले बजारलाई स्थायित्व दिने दीर्घकालीन नीतिमा ध्यान दिनुपर्ने थियो। सेयर खरिदपछि निश्चित अवधिसम्म बिक्री गर्न नपाइने व्यवस्था, बैंक तथा वित्तीय संस्थालाई थप सक्रिय रूपमा बजारमा सहभागी गराउने नीति जस्ता विषयमा स्पष्टता आएको भए बजारले सकारात्मक प्रतिक्रिया दिन सक्ने उनको धारणा छ।

रौनियारले सरकार राजस्व संकलनमा बढी केन्द्रित भएको आरोप लगाउँदै अहिलेको अवस्थामा कर वृद्धि गर्नु उपयुक्त समय नभएको बताए। उनका अनुसार लगानीकर्ताको मनोबल कमजोर रहेका बेला करको भार थपिँदा बजारमा थप दबाब पर्ने जोखिम बढेको छ।

उनले भने, ‘सरकारले पुँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिएर एउटा सकारात्मक सन्देश दिएको छ। तर करदर नै बढाउँदा त्यसको प्रभाव उल्टो परेको देखिन्छ। यसले सरकारले एक हातले देऊ, अर्को हातले लेऊको नीति लिएको छ।’

प्रकाशित: २०८३ जेठ १८ गते सोमबार ०३:४५
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना