काठमाडौँः नेपाल राष्ट्र बैंकले सूचना अधिकारी तथा सह–प्रवक्ताको जिम्मेवारीमा सुधा श्रेष्ठलाई नियुक्त गरेको छ।
सोमबार बैंकले जारी गरेको सूचनामार्फत कायममुकायम निर्देशक श्रेष्ठलाई आजदेखि लागू हुने गरी सूचना अधिकारी तथा सह–प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको जनाएको हो।
यसअघि उक्त जिम्मेवारी सुमन न्यौपानेले सम्हाल्दै आएका थिए। श्रेष्ठ हाल गभर्नरको कार्यालयमा कायममुकायम निर्देशकका रूपमा कार्यरत छिन्।
श्रेष्ठ २०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत रहँदै आएकी छन्।


