काठमाडौं – जिम्बावेविरुद्ध कमजोर सावित भएको नेपालले बलिङमा आमेरिकाविरुद्ध सानदार सुरुआत गरेको छ। नेपालका बल करण केसीले सुरुमै दुई विकेट लिएका छन्।
यससँगै अमेरिकाले आफ्नो दोस्रो खेलमा नेपालविरुद्ध कमजोर सुरुआत गरेको छ। खेलको छैटौं ओभर सकिँदा अमेरिकाले
करणले खेलको दोस्रो ओभरको पाँचौ र छैटौं बलमा नै दुई खेलाडीलाई आउट गराएका छन्। उनले स्टेभेन टेलरलाई एलबीडब्ल्यु आउट गराएका थिए। त्यस्तै अर्को बलमा उनले तेस्रो नम्बरमा मैदान पसेका सैतेजा मुकामल्लालाई आरिफ शेखको हातबाट क्याचआउट गराएका थिए।
मुकामल्ला गोल्डेन डगआट भएका थिए। यता टेलरले भने ९ बल खेलेर चार रन लिए। खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो।


