काठमाडौँ: नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर तीन लाख ११ हजार ३०० रुपैयाँ कायम छ। सोमबार सुनको मूल्य तीन लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य पाँच हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।