२०८३ कार्तिक २३ गते आईतबार

डिजिटल भुक्तानी कम्पनीका लगानीकर्ता र व्यवस्थापनमाथि राष्ट्र बैंकको कडाइ, ‘स्वघोषणा’ अनिवार्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १९
nrb_head

काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेक भुक्तानीसम्बन्धी सेवा प्रदान गर्ने संस्थाहरूको लगानी र व्यवस्थापनलाई थप पारदर्शी तथा उत्तरदायी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ संशोधन गर्दै सञ्चालक, उच्च व्यवस्थापन तथा ठूला लगानीकर्ताको ‘उपयुक्तता परीक्षण’ सम्बन्धी व्यवस्था थप गरेको हो।

नयाँ व्यवस्थाअनुसार भुक्तानी सेवा प्रदायक (पीएसपी) र भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) ले आफ्ना सञ्चालक, उच्च व्यवस्थापन र प्रमुख लगानीकर्तासम्बन्धी विस्तृत विवरण राष्ट्र बैंकमा पेस गर्नुपर्ने छ।

राष्ट्र बैंकका अनुसार संस्थाको चुक्ता पुँजीको ५ प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढी बराबरको सेयर खरिद वा लगानी गर्दा, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापकीय पदमा नियुक्ति वा मनोनयन गर्दा तथा ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी सेयर स्वामित्व भएका वास्तविक धनी (बेनिफिसियल ओनर) को पहिचान गर्दा उपयुक्तता परीक्षण गरिनेछ।

निर्देशनअनुसार सम्बन्धित व्यक्ति वा संस्थाले आफ्नो वित्तीय, कानुनी तथा नैतिक अवस्थाबारे विस्तृत स्वघोषणा पेस गर्नुपर्नेछ। यसमा नेपाल वा विदेशमा कुनै आपराधिक कसुरमा संलग्न भए वा नभएको विवरण, कर्जा सूचना केन्द्र वा अन्य निकायको कालोसूचीमा परेको वा नपरेको जानकारी, नेपाल बाहिर सम्पत्ति भए वा नभएको विवरण, विदेशी सम्पत्तिमा वास्तविक स्वामित्व भए त्यसको जानकारी, संस्थासँग स्वार्थ बाझिने अवस्था भए वा नभएको विषय, अदालतबाट तोकिएको जरिवाना, सरकारी बक्यौता तथा कर दायित्व बाँकी भए वा नभएको विवरण समावेश गर्नुपर्नेछ।

त्यसैगरी सम्बन्धित क्षेत्रको कार्य अनुभव, जिम्मेवारी, उपलब्धि, पुरस्कार तथा विगतमा पाएको कारबाही वा सजायसम्बन्धी विवरण पनि स्वघोषणामा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले यो निर्देशन जारी हुनुअघि नै पदमा रहेका सञ्चालक तथा उच्च व्यवस्थापनका व्यक्तिहरूको हकमा समेत आवश्यकता अनुसार यस्ता विवरण माग गर्न सक्ने प्रावधान राखेको छ।

डिजिटल भुक्तानी क्षेत्रमा अवैध स्रोतको लगानी रोक्न, संस्थागत सुशासन सुदृढ गर्न तथा सर्वसाधारणको वित्तीय हित संरक्षण गर्न यो व्यवस्था लागू गरिएको राष्ट्र बैंकले जनाएको छ। विशेषगरी वास्तविक लगानीकर्ता वा अन्तिम लाभग्राहीको पहिचान गरी शंकास्पद लगानीलाई निरुत्साहित गर्ने उद्देश्य राष्ट्र बैंकको रहेको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनाका अनुसार भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशन जारी गरिएको हो।

प्रकाशित: २०८३ जेठ १९ गते मङ्गलबार ०६:५९
प्रतिक्रिया

थप समाचार

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो सहुलियतपूर्ण कर्जा भुक्तानी नगर्ने सयौं महिला उद्यमीको सूची

काठमाडौँ: महिला उद्यमशीलता विकासका लागि विनाधितो प्रवाह गरिएको सहुलियतपूर्ण कर्जा असुली गर्न राष्ट्रिय वाणिज्य बैंकले देशभरका ऋणीलाई ताकेता गरेको छ । बैंकले लामो समयदेखि साँवा तथा ब्याज...

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना