काठमाडौँः आज बुधबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रति तोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।


