काठमाडौँः साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २.६६अंकले बढेर २ हजार ७८०.२५ विन्दुमा बन्द भएको हो ।
आज एक करोड ३५ लाख २१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।
कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ भने आँखु खोला जलविद्यूत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


