काठमाडौँः सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले सर्वसाधारणलाई कुल ४६ लाख ७४ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
उक्त आईपीओको बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
सानिगाड हाइड्रो लिमिटेडले बझाङ जिल्लामा निर्माण गरेको ३४.४६ मेगावाट क्षमताको अपर कालंगागाड जलविद्युत आयोजना सम्पन्न गरी २०७९ फागुनदेखि व्यावसायिक उत्पादन सुरु गरेको छ।


