२०८३ असोज १८ गते आईतबार

नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २४
New Project – 2026-06-07T162103.084

काठमाडौँः राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा ‘अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६’ आयोजना हुने भएको छ। ‘नेतृत्वमा नारी – समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित सम्मेलन आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा हुने महासंघले जनाएको छ।

महिला नेतृत्व, सहकारी सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा कृषि क्षेत्रमा महिलाको योगदानलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको सम्मेलनमा नेपालसहित विभिन्न देशका सहकारी अभियन्ता, नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार संस्था तथा महिला उद्यमीहरूको सहभागिता रहनेछ।

महासंघका महाप्रबन्धक डा। बाबु काजी थापाका अनुसार सम्मेलनको मुख्य उद्देश्य सहकारी क्षेत्रमा सक्रिय महिला किसान तथा उद्यमीहरूको योगदानलाई उजागर गर्नु, सहकारी संस्थामा लैङ्गिक समानता र नेतृत्व विकासलाई प्रोत्साहन गर्नु तथा महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणमा सहकारी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउनु हो।

उनका अनुसार सम्मेलनले महिलाहरूलाई नेतृत्व तहमा पुग्न आवश्यक सीप, ज्ञान र अवसर प्रदान गर्ने, सहकारी क्षेत्रमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफल अभ्यासहरूको आदानप्रदान गर्ने तथा महिला–पुरुषको समान सहभागिता सुनिश्चित गर्न नीतिगत बहस अघि बढाउने लक्ष्य लिएको छ।

संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा सम्मेलनले कृषि, खाद्य सुरक्षा तथा ग्रामीण विकासमा महिलाको भूमिकालाई विशेष प्राथमिकताका साथ उठान गर्नेछ। नेपालमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादन ९जीडीपी० मा करिब एक चौथाइ योगदान दिने गरेको छ भने ग्रामीण क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रहेको छ। देशभर सञ्चालनमा रहेका ३२ हजारभन्दा बढी सहकारी संस्थामा महिलाको सहभागिता करिब ५६ प्रतिशत रहेको तथ्यांकले पनि सहकारी क्षेत्रमा महिलाको प्रभावशाली उपस्थितिलाई देखाउँछ।

दुईदिने सम्मेलनमा महिला नेतृत्व विकास, सहकारीमार्फत आर्थिक सशक्तीकरण, वित्तीय समावेशीकरण, डिजिटल रूपान्तरण, खाद्य सुरक्षा, उद्यमशीलता विकास, बजार पहुँच विस्तार तथा रोजगारी सिर्जनाजस्ता विषयमा प्रस्तुति र प्यानल छलफल हुनेछन्। साथै विभिन्न देशका सफल सहकारी अभ्यास, नवप्रवर्तन र नेतृत्वका अनुभवहरू पनि सहभागीबीच साझा गरिनेछ।

सम्मेलनको आकर्षणका रूपमा महिला सहकारी उत्पादन प्रदर्शनी, सीप प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा सफल सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमणसमेत समावेश गरिएको महासंघले जनाएको छ।

महासंघका अनुसार सम्मेलनले महिला नेतृत्वलाई थप मजबुत बनाउने, सहकारी क्षेत्रमा लैङ्गिक समावेशिता विस्तार गर्ने, अन्तर्राष्ट्रिय सहकार्य र सञ्जाल विकासमा टेवा पुर्‍याउने तथा महिला उद्यमीका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा सहभागी हुन इच्छुक व्यक्तिका लागि अनलाइन माध्यमबाट दर्ता खुला गरिएको छ। सहभागी शुल्क प्रतिव्यक्ति पाँच हजार रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। सीमित सिट उपलब्ध भएकाले इच्छुक सहकारीकर्मी तथा सरोकारवालालाई समयमै दर्ता गराउन आग्रह गरिएको छ।

सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुख्य सहकार्य रहनेछ। यसका साथै राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, साना किसान विकास लघुवित्त वित्तीय संस्था, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपाल, हेफर इन्टरनेशनललगायतका संस्थाहरू सह–आयोजकका रूपमा रहनेछन्। विभिन्न केन्द्रीय तथा जिल्ला सहकारी संघ, सहकारी संस्था, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका प्रतिष्ठानहरूले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्ने जनाइएको छ।

सम्मेलन सम्पन्न भएपछि ‘काठमाडौं घोषणा–२०२६’ जारी गरिनेछ। उक्त घोषणापत्रले महिला नेतृत्व विकास, सहकारी क्षेत्रको सुदृढीकरण, उद्यमशीलता प्रवर्द्धन तथा नीतिगत सुधारका क्षेत्रमा मार्गदर्शन गर्ने अपेक्षा आयोजकको छ।

प्रकाशित: २०८३ जेठ २४ गते आईतबार ०४:२१
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले अमेरिकामा, अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेट गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन्। उनलाई वासिङ्टन डीसीमा कार्यवाहक राजदूत शरदराज आरन र दूतावासका पदाधिकारीहरूले स्वागत...

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँः आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१...

आक्रामक लगानी विस्तार गर्दै रामेश्वर साह, सौरहा र जनकपुरपछि मुक्तिनाथ र बर्दियामा होटल खोल्ने

चितवनको सौराहामा ‘रोयल टुलिप’ लक्जरी रिसोर्ट सञ्चालन गरिरहेका शाहले जनकपुरधाममा २ अर्ब रूपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल मिथिला निर्माण गरिरहेका छन्।

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने शंकर तिवारीको घोषणा

काठमाडौँ: नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेस विचारलाई सशक्त बनाउन...

एक रूपैयाँका ४० करोड थान सिक्का छाप्दै राष्ट्र बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले एक रुपैयाँ दरका ४० करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि राष्ट्र बैंकले प्रक्रिया अघि...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना