२०८३ कार्तिक १२ गते बुधबार

इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नाघ्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २५
f0457b5e-a13b-4fe8-9909-5a36f25d1fd3_2105414a

काठमाडौँ: इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीको कारोबार अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढेको हो। रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदन अनुसार सन् २०२३ मा कम्पनीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा ९४ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीले गत वर्ष १ लाख ९१ हजार ३०२ मेट्रिक टन उखु प्रशोधन गरेको जनाएको छ।

कम्पनीले अघिल्लो वर्ष सन २०२४ मा १ लाख ८५ हजार ५०४ मेट्रिक टन उखु प्रशोधन गरेको थियो। उखु प्रशोधनको मात्रा बढे पनि चिनी उत्पादनमा प्राप्त हुने ‘रिकभरी रेट’ घट्दा कम्पनीको नाफामा असर परेको इक्राको प्रतिवेदनमा उल्लेख छ। कम्पनीका अनुसार कम्पनीको चिनी रिकभरी दर सन् २०२४ को ८.८ प्रतिशतबाट घटेर सन् २०२५ मा ८.३ प्रतिशतमा झरेको छ। उखुको गुणस्तरसम्बन्धी समस्याका कारण रिकभरी दर घट्दा सञ्चालन नाफा मार्जिन (ओपीएम) पनि १५.३ प्रतिशतबाट ९.३ प्रतिशतमा खुम्चिएको छ।

सरकारले आर्थिक वर्ष २०२४÷२५ का लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ निर्धारण गरेको थियो, जुन अघिल्लो वर्ष ५६५ रुपैयाँ थियो। उखुको मूल्य वृद्धि हुँदा उत्पादन लागत बढेर कम्पनीको नाफामा थप दबाब परेको मूल्यांकन गरिएको छ। यस्तै, चालु आर्थिक वर्षका लागि सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ पुर्‍याएको छ।

अर्कोतर्फ चिनी आयातमा लाग्ने भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारिएको छ। यसले स्वदेशी चिनी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने तथा नाफा मार्जिन थप कमजोर हुने जोखिम देखिएको छ। कम्पनीले चिनी आयातमा भन्सार शुल्क कटौतीले स्वदेशी उद्योगहरूलाई चुनौती थपेको उल्लेख गरेको छ। यद्यपि भारतले हालै चिनी निर्यातमा लगाएको प्रतिबन्धले नेपाली उद्योगहरूलाई केही समयका लागि राहत दिन सक्ने अपेक्षा गरिएको छ।

कम्पनीको वित्तीय अवस्था भने अझै कमजोर रहेको मूल्यांकन गरिएको छ। विगतका सञ्चित नोक्सानी र ऋणमा आधारित लगानीका कारण कम्पनीको पूँजी संरचना दबाबमा रहेको छ। ऋण सेवा क्षमता सन् २०२४ को १.१ गुणाबाट घटेर सन् २०२५ मा १.० गुणामा झरेको छ भने ब्याज भुक्तानी क्षमता पनि उल्लेख्य रूपमा कमजोर भएको छ।  त्यसैगरी कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात (टीडी/ओपीबिट्डा) ५.३ गुणाबाट बढेर ९.६ गुणामा पुगेको छ। कम्पनीको कार्यशील पूँजी आवश्यकता पनि बढ्दै गएको छ। सञ्चालन आम्दानीको तुलनामा कार्यशील पूँजीको अनुपात ३३ प्रतिशतबाट बढेर ४१ प्रतिशत पुगेको छ।

कम्पनीले कम्पनीको आम्दानी मुख्य रूपमा चिनी बिक्रीमै निर्भर रहेकाले आम्दानी स्रोतको विविधीकरण नहुनु पनि जोखिमको विषय रहेको जनाएको छ। साथै उखु खेती मौसम, वर्षा, रोग–कीरा तथा अन्य कृषि–जलवायुजन्य जोखिममा निर्भर रहने भएकाले चिनी उद्योगको व्यवसाय स्वभावतः चक्रीय र जोखिमयुक्त रहेको उल्लेख गरिएको छ।

इस्टर्न सुगर मिल्स लिमिटेड १९९४ मा स्थापना भएको कम्पनी हो भने यसको व्यावसायिक सञ्चालन सन् १९९६ देखि सुरु भएको हो। कम्पनीको दैनिक उखु प्रशोधन क्षमता २,५०० टन रहेको छ। यसको चिनी उत्पादन उद्योग सुनसरी जिल्लाको अमाहीबेला क्षेत्रमा अवस्थित छ। यो कम्पनी मुख्य रूपमा दुई व्यावसायिक समूह—गोल्छा समूह र विशाल समूहद्वारा प्रवद्र्धित कम्पनी हो। यसबाहेक विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरूको पनि कम्पनीमा लगानी रहेको छ।

प्रकाशित: २०८३ जेठ २५ गते सोमबार १२:४०
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना