२०८३ कार्तिक १२ गते बुधबार

एनसेल डाटा सेन्टरले पायो प्रतिष्ठित एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २७
717139210_1474559053973311_8828582553359208833_n

काठमाडौँ: एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणीकरण पाएको छ।

यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टीएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई थप उजागर गर्दछ। इन्टिग्रेटेड डाटा सेन्टरका रुपमा समेत चिनिएको यो डाटा सेन्टर सरकारद्वारा सुचिकृत भएको नेपालकै पहिलो डाटा सेन्टर तथा क्लाउड सेवा पनि हो।

यो प्रमाणीकरणले एनसेल डाटा सेन्टरको डिजाइन रेटिङ थ्री को मापदण्डअनुसार रहेको पुष्टि गर्दछ, जसले अत्यावश्यक र सम्वेदनशील कार्य सञ्चालन गर्नका लागि समानान्तर रुपमा मर्मत गर्न सकिने उच्च उपलब्धता, उच्च अतिरिक्तता र प्रतिकूलताबाट छिट्टै उठ्ने क्षमताका पुर्वाधार उपलब्ध रहेको सुनिश्चित गर्दछ। अधिकतम अपटाइमका लागि डिजाइन गरिएको यो डाटा सेन्टर पुर्वनिर्धारित मर्मत वा आकस्मिक घटनाहरूको समयमा पनि बिना कुनै अवरोध सञ्चालनमा रहन सक्षम छ, र पूर्ण रूपमा अतिरिक्त विद्युत आपुर्ति, कुलिङ तथा नेटवर्क प्रणालीमार्फत लगभग ९९.९८२% उपलब्ध रहन्छ।

यो मूल्यांकन तथा प्रमाणीकरण टेलिकम्युनिकेशन इन्डष्ट्री एसोसिएसन (टीआईए)बाट अधिकार प्राप्त अडिट र प्रमाणीकरण गर्ने संस्था डाटा सेन्टर मिडिया एलएलपीले गरेको हो।

‘यो प्रमाणीकरण एनसेलका साथै नेपालकै लागि पनि एक कोशेढुङ्गा हो किनकी नेपालबाट डिजाइन एन्ड कम्स्ट्रक्टेड फसिलिटीमा यो टीआईएको प्रमाणीकरण प्राप्त गर्ने एनसेल डाटा सेन्टर पहिलो हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, ‘हामी विश्वस्तरीय डिजिटल पूर्वाधार उपलब्ध गराउन प्रतिबद्ध छौँ, जसले स्थानीय व्यवसायहरूलाई विस्तार गर्न आत्मविश्वास दिन्छ र सरकारको डिजिटल रूपान्तरणको महत्वकांक्षालाई पनि योगदान पुर्‍याउँछ। विभिन्न संवेदनशील क्षेत्रका ग्राहकहरूले अब नेपालमै होस्ट गरिएका सुरक्षित र सधैँ उपलब्ध सेवाहरूमा भरोसा गर्न सक्छन्, किनकि विश्वसनीयता त्यस्ता व्यवसायहरूका लागि अत्यावश्यक छ जसले सेवा अवरुद्ध हुने अवस्थाको परिकल्पना समेत गर्न सक्दैनन्।’

एनसेल डाटा सेन्टरले सूचना सुरक्षा र गोपनीयता सम्बन्धी उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासका लागि आईएसओ २७००१ र आइएसओ २७७०१ मान्यता पनि प्राप्त गरिसकेको छ, जसले सुशासन, डाटा संरक्षण अनि जोखिम व्यवस्थापन प्रक्रियाहरूलाई थप बलियो बनाउँछ। यसका साथै एनसेलले आईएसओ ९००१ र १४००१ मान्यता पनि प्राप्त गरिसकेको छ। यसले कम्पनी सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्न सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्दछ।

यो प्रमाणीकरणले एनसेल बिजनेसको क्षमतामा थप अभिवृद्धि भएको छ। यसले बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनीहरू, सरकारी निकाय, साना तथा मझौला उद्योग र ठूला व्यवसाय लगायतका सेवाग्राहीहरुलाई डिजिटल सेवा उपलब्ध गराउन अनि नियामकीय नियम कानुनको पालना गर्दै अत्यन्तै संवेदनशील सेवाहरू सुरक्षित एवं अत्यन्त भरपर्दो पूर्वाधारमार्फत उपलब्ध गराउन एनसेल बिजनेस दक्ष रहेको पुष्टि गर्दछ। यसका साथै यि प्रमाणीकरणले बैङ्किङ कारोबार, इन्टरप्राइज रिसोर्स प्लानिङ प्लेटफर्महरू र अनलाइन सेवाहरू जस्ता महत्वपूर्ण प्रणालीहरूको डाउनटाइम अर्थात् निस्कृय रहने समयलाई न्यूनतम बनाउन मद्दत गर्नुका साथै अडिट र कम्प्लाएन्ससँग सम्बन्धित आवश्यकताहरूलाई सरल बनाउँछ।

रेटेड ३ डिजाइनले बिल्ट इन रिडन्डेन्सी, बलियो ब्याकअप प्रणालीहरू र मर्मत वा अप्रत्याशित घटनाहरूका बेला न्यूनतम अवरोध मार्फत व्यापार व्यवसायलाई निरन्तरता दिदै विपद् पुनःस्थापनालाई मजबुत बनाउँछ जसले व्यवसायिक संस्थाहरूलाई आउटेज, साइबर इन्सिडेन्ट वा प्राकृतिक विपत्तिका बेलामा पनि आफ्नो सेवा सञ्चालन कायम राख्न सक्षम बनाउँछ। यो प्रमाणीकरणले नेपालको डिजिटल रूपान्तरणमा पनि योगदान गर्दछ। यसले महत्वपूर्ण डाटाको सुरक्षित स्थानीय होस्टिङलाई सक्षम बनाएर डाटा सार्वभौमिकता बलियो बनाउँछ, विदेशी पूर्वाधारमा निर्भरता घटाउँछ र देशलाई उदीयमान डिजिटल हबको रूपमा अगाडि बढाउँछ।

प्रकाशित: २०८३ जेठ २७ गते बुधबार १०:५१
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना