काठमाडौं – नेपालले २५ रन बनाउँदा पहिलो विकेट गुमाएको छ। अमेरिकी बलर सौरभ नेत्राभल्करले नेपालका ओपनर आसिफ शेखलाई आउट गराएका छन्।
सौरभले पाँचौ ओभरको अन्तम बलमा आसिफलाई एलबीडब्ल्यु आउट गराएका हुन्। आसिफ आउट भएसँगै भीम सार्की मैदान प्रवेश गरेका छन्।
आउट हुनुअघि आसिफले १६ बलमा १२ रन बनाएका छन्।
नेपाले अहिले अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याइरहेको छ।


